चीन भ्रमणमा रहेका उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र चिनियाँ उपमन्त्री लियाङ्ग विलियाङ्गबीच भेटवार्ता भए

18

चीन भ्रमणमा रहेका उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र चिनियाँ उपमन्त्री लियाङ्ग विलियाङ्गबीच भेटवार्ता भएको छ।

NIC ASIA

चीनको बहुराष्ट्रिय परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) का उर्जामन्त्री स्तरीय बैठकमा सहभागी हुने क्रममा सुजोओमा दुई नेताहरुबीच भेटवार्ता भएको हो।

चीनको केन्द्रीय सरकारमा विकास र सुधार एवं वित्तिय क्षेत्र समेत हेर्ने उपमन्त्री लियाङ्गले नेपालको उर्जा क्षेत्रमा लगानी वृद्धि गर्ने वचन दिएका छन्।

बैठकमा चीनसँग अघि बढिरहेको अन्तरदेशीय प्रसारण लाइन र जलविद्युत् परियोजनाबारे छलफल भएको थियो। बैठकमा मन्त्री पुनले ४ सय केबीको काठमाडौं केरुङ अन्तरदेशीय प्रसारण लायन, कोशी कोरिडोर, कर्णाली करिडोर, भेरी करिडोर, किमाथांका फुक्कोट कर्णाली र तमोर जलविद्युत् परियोजना नेपाल सरकारको प्रथामिकतामा रहेको उल्लेख गर्दै ती परियोजनामा चीन सरकारको सहयोग महत्वपूर्ण रहेको उल्लेख गरेका थिए। यी सबै परियोजनामा लगानीका लागि नेपालले चीन समक्ष यसअघि नै प्रस्ताव गरिसकेको छ।

उपमन्त्री लियाङ्गले नेपालले अघि सारेका परियोजना सोफ्ट लोन, कमर्सियल लोन र बीआरआई फण्डमार्फत् कार्यान्वयन गर्न सकिने सम्भावना रहेको बताएका थिए। नेकपाका नेता समेत रहेका मन्त्री पुनले नेपालमा दुर्इ तिहार्इको सरकार बनेकाले लगानी वातावरण रहेको उल्लेख गरेका थिए।

चिनियाँ उपमन्त्री लियाङ्गले नेपालमा चिनियाँ कम्पनीले उर्जा क्षेत्रमा लगानी गरिरहेको भन्दै आगामी दिनमा लगानी थप विस्तार हुने प्रतिवद्धता व्यक्त गरेका थिए। ‘हामीलाई चीनमा थप उर्जा समेत आवश्यक छ, नेपालमा हाम्रा कम्पनीहरूले व्यावसायिक रुपले लगानी गरिरहेका छन्, आगामी दिनमा थप चिनियाँ कम्पनीले नेपालमा लगानी गर्नेछन्,’ उपमन्त्री लियानले भने।

LEAVE A REPLY