खगेन्द्र न्यौपानेको नयाँ म्युजिक भिडियो बाबाको झझल्को बजारमा

11

डेढ दशकदेखि नेपाली लोक तथा दोहोरी गीत क्षेत्रमा सक्रिय एबं सुदूर पश्चिमको कला संस्कृतिको जगेर्नामा लागिपरेका लोक तथा दोहोरी गायक तथा निर्देशक खगेन्द्र न्यौपानेले जे आर सि मिडियाको प्रस्तुतीमा आफ्नै बाबुको सम्झनामा बाबाको झझल्को शीर्षकको गीतको म्युजिक भिडियो सार्बजनिक गरेका छन् ।

मध्य तथा सुदुरपश्चिम् को भाषा संस्कृतीको संरक्षको लागि खस भाषाको चलचित्र पानकली निर्माण, देउडा तथा ठाडोभाका गीतको रेकर्ड तथा म्युजिक भिडियो निर्माण गरेका उनले अहिलेसम्म २ दर्जन भन्दा लोक तथा दोहोरी गीत बजारमा ल्याएका छन् भने ५० भन्दा बढि गीतमा शब्द संगीत गरेका छन् ।

सुदूरपश्चिमको पर्यटकीय क्षेत्रको प्रचार प्रसार अभियानमा निरन्तर लागि परेका उनले सय भन्दा बढी म्युजिक भिडियोको निर्देशन गरिसकेका छन् ।

LEAVE A REPLY