पाकिस्तानका प्रधानमन्त्री इमरान खान अमेरिका भ्रमणको क्रममा आफ्नै राजदुतको आवासमा रहने निर्णय

17

इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खान अमेरिका भ्रमणको क्रममा आफ्नै राजदुतको आवासमा रहने निर्णय गरेका छन् । आगामी २१ जुलाईदेखि हुने तीन दिने भ्रमणमा उनी अमेरिकाका होटलमा नरहने भएका हुन् ।

पाकिस्तानी मिडियाले जनाए अनुसार इमराख खान अमेरिकाका लागि पाकिस्तानी राजदूत असद मजीदको आवासमा रहने छन् । पाकिस्तानी राजदुतावास वाशिंगटनको मुख्य राजनीतिक इलाका पर्दछ ।

त्यहाँ पाकिस्तानी दुतावास सँग सँगै अन्य दर्जनौं देशका दूतावास पनि छन् । भारत, जापान र तुर्केमिनिस्तानको दुतावासपनि सँगै छन् ।

एक रिपोर्ट अनुसार दुतावासबाट उच्चस्तरीय भेटघाटमा भने समस्या हुनसक्नेछ । दूतावासको सानो ठाउँमा भेटघाट गर्न इमरानलाई झन्झटीलो हुने बताइएको छ । साथै इमरानलाई भेटघाटको क्रममा हिंड्दा वासिंटनको व्यस्थ ट्राफिकलाई पनि सामना गर्नुपर्ने छ ।

LEAVE A REPLY