दिल्ली जाँदै गरेको यमुना एक्सप्रेसको बस दुर्घटना

4

काठमाडौं । लखनऊदेखि दिल्ली जाँदै गरेको यमुना एक्सप्रेसको बस दुर्घटनामा परेको छ । बस दुर्घटनामा परी २९ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि २० घाईते भएको भारतीय अनलाईन दैनिक भास्करले लेखेको छ ।

लखनऊदेखि दिल्ली जाँदै गरेको बस एत्मादपुरमा दुर्घटना भएको थियो । बस अनियन्त्रित भएर पुलको बार भाँच्दै नालामा गिरेको छ ।

बसलाई क्रेनको सहायतले सडकमा ल्याइएको थियो । बस बढि गति भएको कारण अनियन्त्रित भएको दुर्घटना भएकाे बताइएकाे छ ।

मृतकका परिवारलाई ५ लाख सहयोग गर्ने
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले घटनामा परि पीडितहरुलाई सक्दो सहयोग गर्ने बताएका छन् । त्यहीँ रोडवेजले मृतक परिवारलाई ५ लाखको दरले सहायता गर्ने भएको छ ।

LEAVE A REPLY