डीपीएल क्रिकेट प्रतियोगितामा घरेलु टोली धनगढी स्टार्सले लगातार दोस्रो हार ब्यहोरे

9

डीपीएल क्रिकेट प्रतियोगितामा घरेलु टोली धनगढी स्टार्सले लगातार दोस्रो हार ब्यहोरेको छ ।

मंगलबार धनगढी स्टार्स सीवाईसी अत्तरियासँग पाँच रनले पराजित भएको हो । यसअघि उद्घाटन खेलमा सोमबार धनगढी काठमाडौं गोल्डन्ससँग ४ विकेटले पराजित भएको थियो ।

९६ रनको झिनो लक्ष्य पछ्याएको धनगढीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९० रन मात्रै बनाउन सक्यो । त्यस्तै, धनगढीका लागि रोहन मुस्तफाले १८ रन बनाए । बलिङतर्फ अत्तरियाका भुवन कार्कीले चार विकेट लिदा सन्नी पटेलले दुई विकेट लिए ।

यसअघि फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सीवाईसी अत्तरियाले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा ९५ रन मात्रै बनाउन सक्यो । अत्तरियाका कुनै पनि खेलाडीले उच्च स्कोर बनाउन सकेनन् ।

सन्नी पटेलले ३५ र जयकिसन कोल्सवालाले २१ रन बनाए । त्यस्तै, प्रेम तामाङ १२ र कप्तान दीपेन्द्रसिंह ऐरी ११ रनमा आउट भए । बलिङतर्फ धनगढी स्टार्सका रोहन मुस्तफाले दुई विकेट लिए ।

LEAVE A REPLY