राष्ट्रपतिबाट वसन्त पञ्चमीको अवसरमा वसन्त श्रवण

9

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीबाट वसन्त पञ्चमीका अवसरमा हनुमानढोका दरबार परिसरमा आज बिहान ८ बजेर २४ बजेको शुभसाइतमा वसन्तश्रवण गरी टीका प्रसाद ग्रहण गरेकी छन् ।

समारोहमा राष्ट्रपतिसमक्ष हुनमान ढोका हेरचाह अड्डाका मूल पुरोहित देवराज अर्यालले टीका, माला र फूलप्रसाद प्रदान गरेका थिए ।

नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिको सम्मानमा सम्मानगारत अर्पण गरेको थियो ।

परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ट व्यक्तिहरु त्यहाँ पुगी वसन्तश्रवण गर्ने परम्परा रहिआएको छ ।

सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, मन्त्रीगण, संवैधानिक अङ्गका प्रमुख, नेपाल सरकारका राजपत्राङ्कित विशिष्ट श्रेणीका पदाधिकारी र चारवटै सुरक्षा निकायका प्रमुखहरुले वसन्तश्रवण गरी टीका प्रसाद ग्रहण गरे ।वसन्तश्रवण भइरहँदा नेपाली परम्परागत लोकबाजा पञ्चै बाजाको धुन प्रस्तुत भएको थियो भने नेपाली सेनाबाट मंगलधुन प्रस्तुत भएको थियो ।

LEAVE A REPLY