भारतका ‘कमेडी किङ’भनी चिनिने कपिल शर्माले गत वर्ष डिसेम्बर १२ मा प्रेमिका गिन्नी चतरथको साथ विवाह गरे ।

9

नयाँदिल्ली । भारतका ‘कमेडी किङ’भनी चिनिने कपिल शर्माले गत वर्ष डिसेम्बर १२ मा प्रेमिका गिन्नी चतरथको साथ विवाह गरे ।

लामो समयसम्मको प्रेमलाई जालन्धरमा विवाहमा रुपान्तरण गरेका कपिलले अमृतसर र मुम्बईमा दुई रिसेप्सन पार्टी समेत दिए । विवाहको डेढ महिना बितिसकेपछि पनि कपिल ‘वेडिङ सेलिब्रेसन’ गर्ने मूडमा छन् ।

भारतीय संचारमाध्यमका अनुसार कपिलले दिल्लीमा आगामी फेब्रुअरीमा आफ्नो तेस्रो रिसेप्सन पार्टी दिने योजना बनाइरहेका छन् । उनको यो पार्टी विशेषगरी राजनीतिज्ञ र सरकारी उच्च अधिकारीहरुको लागि हुने बताइएको छ ।

कपिलले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि रिसेप्सन पार्टीमा बोलाउने छन् । मोदीले ट्वीटमार्फत कपिललाई जवाफ दिएका थिए, ‘जब कपिल शर्मा कसैको सेन्स अफ ह्युमरको तारिफ गर्छन्, उसलाई पक्कै खुसी लाग्छ, म पनि यसबाट अपवाद भइन । धन्यवाद कपिल ।’

LEAVE A REPLY