हास्यकलाकार केदार प्रसाद घिमिरे माग्ने बुढाले आज आफ्नो फेसबुक वालमा एउटा किसानको फोटो सहितको आफ्नो फेसबुक स्ट्याटस राखे

14

हास्यकलाकार केदार प्रसाद घिमिरे माग्ने बुढाले आज आफ्नो फेसबुक वालमा एउटा किसानको फोटो सहितको आफ्नो फेसबुक स्ट्याटस राखेका छन् ।जसमा उनले काउलिको तौल : १४.५ किलो, कृषकको नाम : पदम बहादुर कार्की, ठेगाना: म्याग्दी रघुगंगा २१ रहेको जनाएका छन् ।

फेसबुकको भित्तामा किसानको फोटो सहित यी नागरिकलाई सहयोग गरेको तस्बिर राख्दै केदारले बैदेशिक रोजगार बिभागले यिनलाई तुरून्त कारवाही गर्नु पर्छ । जग्गा बांझो राखेर खाडीतिर छिर्नुपर्ने मान्छेले यत्रो काउली फलाउने ? त्यत्त्रा त्यत्रा काउली जोख्दा बेनि ईलाकाका सबै तराजु भांचिईसके होला, त्यस्को जिम्मा कल्ले लिने ? त्यो काउलीले थिचेर मान्छे मर्यो भने को जिम्मेवार हुन्छ ?

एकै दिनमा एउटै परिवारले त्यो काउली खान सक्दैन, बांकी काउली भोलिपल्ट खांदा बासी तरकारीले स्वास्थ्य बिग्रियो भने के गर्ने ? वा दुई परिवारले बांढेर लान खोज्दा “कस्ले कति लाने” भन्ने बिषयमा झगडा परेर कसैको ज्यान तलमाथी भए के गर्ने? देशभरी कति थाईराईडका बिरामी छन्, तिनले काउली खानुहुँदैन, काउली खाएर भोलि केहि भए ख्याल ख्याल कुरा हो ? यिनले यतिबिघ्न गरुन्जेल छेउछाउका टोले दादा तथा झोलेहरुले यसो चन्दा सन्दा मागेर अल्झाउने बल्झाउने गरेको भए आज यो १४ किलोको समस्या पनि आउँदैनथ्यो होला।

यिनको नजिकको कृषि कार्यालयले “यसो मिल्दैन उसो मिल्दैन” भनेर पहिल्यै निरुत्साहित गर्देको भएनी हुन्थ्यो। जति बिग्रिनु बिग्रीसकेछ, अब यिनलाई सरकार तथा कृषि मन्त्रालयले ठुलो सम्मान चैं कुनै हालतमा गर्नुहुदैन। बरू यिनलाई पनि तह लगाउन पहिला डिभोर्स सिभोर्स केहि भाको थियोकी तुरुन्तै खोजी गर्नुपर्यो । – माग्ने बुढा।

ब्यम्गात्मक सैलिमा नेपालमा बसरे गर्दा पनि राम्रै कमाई हुने, नेपालमा नै काम गर्न सके कुनैपनि नेपालीले विदेश जानु पर्दैन यी कृषक बाट केहि सिक्नु पर्छ भन्ने उदहारण प्रस्तुत गरेका छन् र भनेका छन्  किसानलाई केदार घिमिरे (माग्नेबुडा)ले भने – बैदेशिक रोजगार बिभागले यिनलाई तुरून्त कारवाही गर्नु पर्छ !

बिशेष गरि हाश्यकलाकर केदार घिमिरे माग्ने बुढालेले प्राय दिनदुखीहरुको सहयोग गरिरहेका हुन्छन् । सरकारले गरेका राम्रा न राम्रा कुराहरु लेख्दै आएका छन् जसले गर्दा सरकारलाई गल्ति गर्न छुट छैन र राम्राकुरा गर्न सधै साथ हुनेकुरा व्यक्त भएका हुने गरेका छन्  ।

LEAVE A REPLY