१६ बर्षको उमेरमा विश्वप्रसिद्ध बनेका रामबहादुर बम्जन विगत केही समययता विवादमा

16

बारा जिल्लाको एक वनमा निराहार तपस्या गरेको भन्दै १६ बर्षको उमेरमा विश्वप्रसिद्ध बनेका रामबहादुर बम्जन विगत केही समययता विवादमा पर्दै आइरहेका छन् । बुद्धको नयाँ अवतारको ख्याती बनाइरहेका बम्जन यत्तिखेर भने यौन हिंसा र आनी वेपत्ताको विवादको भकारीमा मुछिएका छन् ।

सन् २००५ मा निराहार तपस्या गरेको भन्दै एकाएक चर्चा बटुलेका बमजन चर्चा बटुलेका १३ बर्षपछि गंभिर विवादमा तानिएका हुन् ।

१६ बर्षको कलिलो उमेरमा  अलौकिक तपस्पि भन्दै प्रचार गरिएका बमजन जसरी त्यतिखेर शान्त दयालु र धार्मिक भन्थ्यिो ठिक त्यसकै उल्टो यत्तिखेर क्रुर, निरदयी र अर्धमी ठहरिदैछन् ।

अनुयायीहरु वेपत्ताः

बमजनले संचालन गरेको आश्रमबाट अनुयायीहरू बेपत्ता भएको विवरण सार्वजनिक भइरहँदा  बमजन माथि हेटौँडास्थित प्रहरी कार्यालयमा फुलमाया रूम्बा र कर्म वाइबालगायतका अनुयायी बमजनको आश्रमबाटै हराएको उजुरी परेका छन् । प्रहरी समक्ष उजुरी दिनेमा फुलमाया रूम्बाका भाइ विजय रूम्बा र सञ्चलाल वाइबा का छोरा महेन्द्र वाइबा रहेका छन् ।  त्यस्तै बाराका हस्तबहादुर आले मगर र नुवाकोटकी गंगामाया तामाङले पनि हराई रहेका आफन्तको खोजी गरिदिन सम्बन्धित जिल्लाका प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

 

 तपस्पीहरुलाई कुटपिट तथा विदेशीलाई बन्धक :

बारा जिल्लामै केही स्थानीयहरू माथि हातपात गरेको भन्दै  सन् २०१० मा बमजन विवादमा आएका थिए । बमजनले ध्यान गरिरहेको बेला उनीहरूले बाधा गरेकोले आक्रमण गरेको त्यतिखेर स्वीकारेका थिए । सन् २०१२ मा फेरि सोही कारण देखाउँदै करिब तीन महिना दुई जना विदेशी महिलालाई बन्धक बनाएपछि उनी पुनः विवादमा तानिउका थिए ।

 बलात्कार तथा यौन हिंसा : 

यसै वर्षको भदौ महिनामा ललितपुरस्थित एक सामुदायिक रेडियो कार्यालयमा १८ वर्षीय गंगामाया तामाङले पत्रकार सम्मेलन गर्दै बमजनले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् । हिंसामा परेको निक्कै ढिला पत्रकार सम्मेलन गरेको भन्दै बम्जनमाथि कुनै कानूनी प्रकृया अगाडि बढाइएन । त्यसपछि बमजनविरुद्ध थप आरोपहरू लाग्ने शिलशिला बढ्दै गइरहेको छ र प्रहरीमा उजुरीहरू पर्नेक्रम बढिरहेको छ ।

 हत्या

बमजनका विषयमा एक जना अनयायीको आश्रममै कुटेर हत्या गरेको आरोप लागेको छ । एक चर्चित अनलाइनले लामो समयको अनुसन्धान गरी प्रकाशित गरिएको दावी गरिएको समाचारमा बमजनको निर्देशनमा एक जना अनुयायीलाई आश्रमभित्रै कुटेर हत्या गरिएको दुई जना प्रत्यक्षदर्शीले बताएको उल्लेख छ ।

वुद्घको चर्चा बटुलेका बमजन माथि निरन्तर आरोपहरु लागिरहेका छन् । धर्मका नाउँमा वमजनले गरेका कयौं अपराध श्रखला र वालिका माथिका यौन हिंसाका आरोपहरुको अवश्य पटाक्षेप हुनेनैछ । संसारको ध्यान तान्ने बुद्घ बनेका वमजनमाथि लागेका विवादका भकारीहरु पुष्टि हुने हो भने वुद्घ बन्दै ख्याती कमाएका वमजन बदमास हुँदै पतन हुने निश्चित छ ।

LEAVE A REPLY